नेपालको सन्दर्भमा बजेट तर्जुमा गर्ने प्रक्रियाहरु
संसारभर प्रचलित नियममा झैं नेपालमा पनि कार्यपालिकाद्वारा बजेट तर्जुमा गरिन्छ । बजेट एक आर्थिक वर्षको लागि तयार गरिन्छ । बजेट बनाउँदा चालु आर्थिक वर्षको करिब 6 महिना बितेपछि आगामी आर्थिक वर्षको नीम्ति बजेट अनुमान तयार गर्ने काम सुरु गरिन्छ । नेपालमा सरकारी बजेट तर्जुमा गर्दा निम्न प्रकृयाहरु अवलम्बन गरिन्छ:
संकलन - Roshan Pokhrel.

- नेपाल सरकार अर्थ मन्त्रालयले तोकेको ढाँचामा र समयभित्र प्रत्येक कार्यालय, विभाग, मन्त्रालय तथा संवैधानिक अङ्गले बजेट अनुमान गरी प्रत्येक सम्बन्धित मन्त्रालय, आयोग, सचिवालय एवं संवैधानिक अङ्ग मार्फत अर्थमन्त्रालयमा पठाउनुपर्नेछ ।
- अर्थमन्त्रालयले चालु तथा पूँजीगत तर्फको अनुमानित आयव्यय विवरण पेश गर्न सबै मन्त्रालय, सचिवालय,आयोग एवं संवैधानिक निकायमा परिपत्र गर्ने र साथमा बजेट अनुमान पेश गर्ने फाराम समेत पठाउने ।
- सम्बन्धित मन्त्रालय, आयोग, सचिवालय एवं संवैधानिक अंगले आफ्नो मातहत बाभाग एवं कार्यालयमा सोही बमोजिम परिपत्र गर्ने ।
- मातहतका कार्यालयहरुले आफ्नो र अन्तर्गतका कार्यालयहरूको बजेट अनुमान तयार गरी तोकिए वमोजिम क्षेत्रीय कार्यालय, विभाग हुँदै मात्रलय, सचिवालय एवं आयोगमा पठाउने ।
- सम्बन्धित मन्त्रालयले आफ्नो र मातहतका कार्यालयहरूको बजेट अनुमान पुनरावलोकान गरी अर्थ मन्त्रालयमा पठाउने ।
- यसरी विभिन्न मन्त्रालय, संवैधानिक निकाय एवं आयोगहरुबाट प्राप्त बजेट अनुमान लाई अन्तिम रूप दिन अघिर्था मन्त्रालयले सम्बन्धित तालुक कार्यालयहरू सँग परामर्श गरी कूल बजेट अनुमान तयार गर्ने ।
- यसरी बजेट तर्जुमा गर्दा चालु र पुँजीगत एवं सावाँ भुक्तानी गरी बजेटलाई 3 भागमा छुट्टयउनु को साथै उद्देश्यमूलक र कार्यमूलक रुपमा समेत बजेट बर्गिकरण गर्ने ।
- कुल खर्च एवं सो खर्च व्यहोर्ने स्रोतहरू (राजस्व र वैदेशिक ऋण वैदेशिक अनुदान आन्तरिक ऋण आदि)को अनुमान गर्ने ।
संकलन - Roshan Pokhrel.
Comments
Post a Comment