Posts

खै ज्ञान कहाँ छ अनि विज्ञान कहाँ छ? संसार जितें भन्नेहरुको ध्यान कहाँ छ? सखाप पार्न लागिसक्यो अदृश्य तत्वले कतिबेला मारिन्छ खै ज्यान कहाँ छ? खै के गरे सिद्धान्तले न्युक्लिएर र अणुबमका खुसी अनि सुनौलो त्यो बिहान कहाँ छ? किन यति धेरै निष्ठुर भइस दैव शितल अनि शान्ति दिने उद्यान कहाँ छ ? Prakash 1-3-077
नेपालको सन्दर्भमा बजेट तर्जुमा गर्ने प्रक्रियाहरु संसारभर प्रचलित नियममा झैं नेपालमा पनि कार्यपालिकाद्वारा बजेट तर्जुमा गरिन्छ । बजेट एक आर्थिक वर्षको लागि तयार गरिन्छ । बजेट बनाउँदा चालु आर्थिक वर्षको करिब 6 महिना बितेपछि आगामी आर्थिक वर्षको नीम्ति बजेट अनुमान तयार गर्ने काम सुरु गरिन्छ । नेपालमा सरकारी बजेट तर्जुमा गर्दा निम्न प्रकृयाहरु अवलम्बन गरिन्छ: नेपाल सरकार अर्थ मन्त्रालयले तोकेको ढाँचामा र समयभित्र प्रत्येक कार्यालय, विभाग, मन्त्रालय तथा संवैधानिक अङ्गले बजेट अनुमान गरी प्रत्येक सम्बन्धित मन्त्रालय, आयोग, सचिवालय एवं संवैधानिक अङ्ग मार्फत अर्थमन्त्रालयमा पठाउनुपर्नेछ । अर्थमन्त्रालयले चालु तथा पूँजीगत तर्फको अनुमानित आयव्यय विवरण पेश गर्न सबै मन्त्रालय, सचिवालय,आयोग एवं संवैधानिक निकायमा परिपत्र गर्ने र साथमा बजेट अनुमान पेश गर्ने फाराम समेत पठाउने । सम्बन्धित मन्त्रालय, आयोग, सचिवालय एवं संवैधानिक अंगले आफ्नो मातहत बाभाग एवं कार्यालयमा सोही बमोजिम परिपत्र गर्ने । मातहतका कार्यालयहरुले आफ्नो र अन्तर्गतका कार्यालयहरूको बजेट अनुमान तयार गरी तोकिए वमोजिम क्षेत्रीय कार्...
सरकारी लेखा प्रणालीका उद्देश्य/नेपालमा सरकारी लेखा प्रणाली का उद्देश्यहरू सामान्यतया कुनै पनि देशको आर्थिक, प्रशासनिक र विकासका गतिविधि सञ्चालन गर्ने प्रमुख जिम्मेवारी सरकारको हुन्छ । यसरी सरकारले आर्थिक कारोबारहरुको लेखा राख्ने कार्यलाई सरकारी लेखा भनिन्छ । यसका मुख्य उद्देश्यहरू निम्नानुसार रहेका छन्: 🔹प्रत्येक सरकारी कारोबारको यथार्थ चित्रण गर्नु, 🔹 सार्वजनिक सम्पत्ति को सुरक्षा र संरक्षण गर्नु, 🔹सरकारी गतिविधिहरुमा नियन्त्रण कायम गर्नु, 🔹आर्थिक अनुशासन र सदाचार कायम गर्नु, 🔹आर्थिक पारदर्शिता र जवाफदेहिता प्रबर्द्धन गर्नु, 🔹 सरकारी लेखापरीक्षणको लागि आधार तयार गर्नु, 🔹सरकारी कारोवारलाई विधिसम्मत तुल्याउनु, 🔹सरकारी कारोबारलाइ अर्थपूर्ण र औचित्यपूर्ण तुल्याउनु ।